३० आश्विन २०८३, शुक्रबार

टी-ट्वान्टी विश्वकप छनोटमा नेपालका कुन खेलाडीले कस्तो खेले ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-Cricket-Teamकाठमाडौं, २ साउन । दोस्रो पटक विश्वकप यात्रामा सामेल हुने उद्देश्यका साथ आयरल्याण्ड पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली समुह चरणबाटै बाहिरिएको छ ।

आइसीसी टी-ट्वान्टी छनोट प्रतियोगितामा नेपालले एक खेल बाहेक सबै गुमायो । प्रदर्शन पनि नेपालको एकदमै कमजोर रह्यो ।
छनोट उपाधि लक्ष्यसहित आयरल्याण्ड मैदानमा उत्रिएको नेपाल छनोट पनि हुन सकेन् । समूह चरणको अन्तिम खेलमा जर्सीसँग ७ विकेटले पराजित भएपछि नेपालले आगामी वर्ष भारतमा हुने विश्वकप खेल पनि गुमाएको छ ।

अब नेपालले निरन्तर पराजित यात्राको समिक्षा गरेर अगाडि बढ्नुको विकल्प छैन् । साथै उत्कृष्ठ प्रदर्शनका लागि अहिलेदेखि नै तयारी गर्नुको विकल्प छैन् । नेपाल विश्वकपमा हार्नुका धेरै कारण छन् जुन कप्तान पारस खड्काले स्वीकार गरिसकेका छन् ।

नेपालको व्याटिङ उहिलेदेखि नै कमजोर थियो जून अहिले पनि देखियो । अमेरिका विरुद्ध ज्ञानेन्द्र मल्लले बनाएको ५२ रनबाहेक अन्य खेलमा नेपाली व्याट्सम्यानको व्याट चलेन । आयरल्याण्ड, पपुवा न्यूगिनी र जर्सीसँग पनि एकदमै खल्लो व्याटिङ ग¥यो ।

प्रशिक्षक पुबुदु दसानायकेले ओपनिङमा सागर, अनिल, सुवास र प्रदिपलाई प्रयोग गरे । तर, नेपालको सुरुवात सधै एकनास खराब मात्रै रह्यो । चार खेलमा सागरले ५२ रन मात्र बनाए । अर्का ओपनर सुवास खकुरेल हङकङविरुद्धको खेलमा २ रनमै आउट भए । अमेरिकाविरुद्ध २९ रन बनाएका अनिल आयरल्याण्डविरुद्धको खेलमा २ रनमै बोल्ड भए ।

अमेरिकाविरुद्धको खेलमा उपकप्तान ज्ञानेन्द्रले सर्वाधिक ५२ रन बनाए । ज्ञानेन्द्रको स्कोर अन्य नेपाली ब्याट्सम्यानले छुन सकेनन् । तर, अन्य खेलमा ज्ञानेन्द्र खासै जमेनन् ।

६ वटै खेल खेलेका कप्तान पारस खड्काले कुनै खेलमा पनि अर्धशतक सम्म हान्न सकेनन् । अमेरिकाविरुद्धको खेलमा उनले सबैभन्दा बढी २१ रन बनाएका थिए । प्रतियोगितामा ६ वटै खेल खेलेका विनोद भण्डारीले सबैभन्दा तल्लो लेबलको प्रदर्शन गरे । पाँच खेलमा उनले जम्मा १४ रन मात्रै बनाए । शरद भेष्वाकरले मध्यमस्तरको प्रदर्शन गर्दै हङकङविरुद्ध २७ रन बनाएर प्रतियोगितामा उच्च स्कोर बनाए ।

ओपनिङमा ट्राई गरिएका प्रदिप ऐरीले पपुवा न्यूगिनीविरुद्ध २९ रन बनाउनु बाहेक अन्य खेलमा प्रदर्शन गर्न सकेनन् । उनलाई पपुवा न्यूगिनी र जर्सीविरुद्ध ओपनिङमा खेलाइएको थियो । आजको खेलमा २ रन बनाउँदा उनी जर्सीका बलरको सिकार बने ।

चार खेल खेलेका राजेशले हङकङविरुद्ध २५ रन बनाउनुबाहेक अन्य खेलमा प्रदर्शन राम्रो गरेनन् । सोमपाल कामी, बसन्त रेग्मी र शक्ति गौचनले बलिङमा राम्रो प्रदर्शन गरे । तर, करण केसीले एक विकेट नलिएर खराब प्रदर्शन गरेका थिए ।

बसन्तले हङकङको चार विकेट र अमेरिकाको ३ सहित कुल ८ विकेट लिए भने शक्तिले अमेरिकाको ३ सहित चार विकेट लिए । सोमपालले ६ विकेट लिए । तीन खेलमा बलिङ गरेका करण केसीले एक विकेट पनि लिएनन् ।