३० आश्विन २०८३, शुक्रबार

जर्सीसँग हारेपछि पारसले के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-cricket-parasकाठमाडौं, २ साउन । टी–ट्वान्टी विश्वकप छनोटको समुह चरणको अन्तिम खेलमा नेपाल पराजित भएपछि कप्तान पारस खड्काले आइसीसीलाई मिश्रित प्रतिक्रिया दिएका छन् ।

आजको खेलमा जर्सीसँग ७ विकेटले पराजित हुँदै विश्वकपबाट बाहिरिएपछि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले खेलमा नेपालले उल्लेख्य प्रदर्शन गर्न नसकेको स्वीकार गरे । उनले भने–‘यो म्याच खेल्न हाम्रो तयारी पुगेको थिएन्, पर्याप्त तयारी गर्ने समय पनि पाएनौं । जसका कारण विश्वकप यात्रालाई पूरा गर्न सकेनौं ।’

उनले टुर्नामेन्ट्समा आफूहरुले सोचेजस्तो भन्दा धेरै माथि शक्तिशाली खेलहरु भएको बताए । ‘यो टुर्नाममेन्ट भरी हामीले सोचेजस्तो भएन । हामीले खेल्न पनि सकेनौं ।’ पारसले आगामी दिनमा टिमको क्षमता सुधार गरी विश्वकप यात्रामा पुग्ने गरी खेल्न आउने पनि बताए ।

पासरले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका नेपाली टिमका सिद्धान्त लोहनीको खुलेरै प्रशंसा गरे । यस्तै, नेपालले हारेपछि राष्ट्रिय टिमका पूर्व क्रिकेटर सञ्जम रेग्मीले नेपालले टस हारेका सबै खेल हार्दा नेपालले जित्न नसकेको बताए ।

‘नेपालले टस हारेको सबै खेल हा¥यो । त्यसैले पनि हाम्रो मानसिकता टस हारेपछि खेल हार्छाै जस्तो देखियो । कनिडसनको कुरामा मात्र अड्किएर नेपाली क्रिकेट अगाडि बढ्न सक्दैन् । हङकङले हिजोको खेलमा पहिला व्याटिङ गरेर नै दाबेदार मानिएको आयरल्याण्डलाई पराजित गरेर त्यो प्रमाणित गरिसकेको छ । मानसिकतामा परिवर्तन हुन जरुरी छ हाम्रो ।’