३० आश्विन २०८३, शुक्रबार

नेपाल बलिङमाः ‘फुच्चे’ बलर सिद्धान्तले जर्सीको महत्वपूर्ण तेस्रो विकेट लिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

siddant-lohani-1काठमाडौं, २ साउन । टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको आफ्नो छैठौं तथा अन्तिम खेलमा १०६ रनको लक्ष्य पेस गरेर नेपाल जर्सीविरुद्ध बलिङ गरिरहेको छ ।

विश्वकप छनोटको आफ्नो पहिलो खेलमा व्याटिङमा उत्कृष्ठ प्रदर्शन गरेका सिद्धान्तले बलिङमा पनि राम्रो प्रदर्शनको सुरुवात गरेका छन् । उनले जर्सीका महत्वपूर्ण व्याट्सम्यान जोन्टी जिनरलाई आफ्नो पहिलो बलमै आउट गरेका छन् ।

जोन्टीले जर्सीका लागि २६ बल खेलेर सबैभन्दा बढी ३० रन बनाएका छन् । २७ औं बलमा सिद्धान्त लोहनीले ११ ओभरको खेलमा जोन्टीलाई डाइरेक्ट हिटमा रनआउट गरेका हुन् ।

त्यस्तै, दोस्रो रहेका कप्तान पारस खड्काले १० औं ओभरको खेलमा दोस्रो विकेटका रुपमा जर्सीका पिटर गोचलाई आउट गरेका छन् ।

यसअघि नेपालका लागि शक्ति गौचनले जर्सीको पहिलो विकेट लिएका थिए । उनले दोस्रो ओभरको तेस्रो बलमा जर्सीका इडावर्ड फेयरलीलाई आउट गरेका हुन् । मिडअनमा वसन्त रेग्मीले क्याच लिएका हुन् ।

१०६ रनको लक्ष्य पछ्याएको जर्सी ११ ओभरको समाप्तीमा ६३ रन बनाएर तीन विकेट गुमाएको छ ।