३० आश्विन २०८३, शुक्रबार

सातौं विकेटको पतन, सिद्धान्त लोहनी २७ रनमा आउट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

siddant -lohaniकाठमाडौं, २ साउन । टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको आफ्नो छैठौं तथा अन्तिम खेलमा नेपाल जर्सीसँग खेलिरहेको छ ।

आयरल्याण्डको डब्लिनमा नेपालले टस हारेर व्याटिङको निम्तो पाएको छ । आज पनि नेपालले सुरुदेखि नै खराब प्रदर्शन गरिरहेको छ । १८औं ओभरको खेलमा नेपालले सातौं विकेटका रुपमा सिद्धान्त लोहनीलाई गुमाएको छ ।

सिद्धान्त लोहनीले एक चौका एक छक्कासहित १७ बल खेलेर २७ रन जोडे । नयाँ व्याट्सम्यानका रुपमा सोमपाल कामी आएका छन् । बसन्त रेग्मी क्रिजमा छन् । खेलमा नेपालका ओपनरद्धय प्रदीप ऐरी र विनोद भण्डारी र कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेष्वाकर र राजेश पुलामी यसअगाडि नै आउट भइसकेका छन् ।