३० आश्विन २०८३, शुक्रबार

आजको खेलमा सिद्धान्त लोहनीको पहिलो छक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

siddant -lohaniकाठमाडौं, २ साउन । टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको आफ्नो छैठौं तथा अन्तिम खेलमा नेपाल जर्सीसँग खेलिरहेको छ ।

आयरल्याण्डको डब्लिनमा नेपालले टस हारेर व्याटिङको निम्तो पाएको छ । आज पनि नेपालले सुरुदेखि नै खराब प्रदर्शन गरिरहेको छ । १८औं ओभरको खेलमा नेपालका लागि सिद्धान्त लोहनी पहिलो छक्का हानेका छन् ।

यसअघि नेपालले छैठौं विकेटका रुपमा शरद भेष्वाकरलाई गुमाएको छ । शरदले २० बलमा १७ रन बनाए ।

नयाँ व्याट्सम्यानका रुपमा आएका छन् । राष्ट्रिय टोलीबाट यो उनको पहिलो खेल हो । सिद्धान्त लोहनी क्रिजमा छन् । यो समाचार तयार पार्दासम्म नेपालले १७ ओभरमा नेपालको ५ विकेट गुमाई ७४ रन बनाएको छ ।

जारी खेलमा नेपालका ओपनरद्धय प्रदीप ऐरी र विनोद भण्डारी र कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र राजेश पुलामी यसअगाडि नै आउट भइसकेका छन् ।