काठमाडौं, २ साउन । टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको आफ्नो छैठौं तथा अन्तिम खेलमा नेपाल जर्सीसँग खेलिरहेको छ ।
आयरल्याण्डको डब्लिनमा नेपालले टस हारेर व्याटिङको निम्तो पाएको छ । १५औं ओभरको खेलमा नेपालले पाँचौं विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको छ । ज्ञानेन्द्र मल्लले ३३ बलमा २६ रन बनाए ।
नयाँ व्याट्सम्यानका रुपमा सिद्धान्त लोहनी क्रिजमा आएका छन् । राष्ट्रिय टोलीबाट यो उनको पहिलो खेल हो । शरद भेष्वाकर पनि क्रिजमा छन् । यो समाचार तयार पार्दासम्म नेपालले १४ ओभरमा नेपालको ५ विकेट गुमाई ५२ रन बनाएको छ ।
जारी खेलमा नेपालका ओपनरद्धय प्रदीप ऐरी र विनोद भण्डारी र कप्तान पारस खड्का र राजेश पुलामी यसअगाडि नै आउट भइसकेका छन् ।















प्रतिक्रिया