काठमाडौं, २ साउन । टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको आफ्नो छैठौं तथा अन्तिम खेलमा नेपाल जर्सीसँग खेलिरहेको छ ।
आयरल्याण्डको डब्लिनमा नेपालले टस हारेर व्याटिङको निम्तो पाएको छ । ९औं ओभरको खेलमा नेपालले तेस्रो विकेटका रुपमा कप्तान पारस खड्कालाई गुमाएको छ । नवौं ओभरको पहिलो बलमा पारस खड्का स्टेप आउट गर्न खोज्दा बोल्ड भएका हुन् । पारसले एक चौकासहित १० बलमा ११ रन बनाएका छन् ।
उनी आउट भएपछि नेपाललाई ठूलो क्षति भएको छ । फ्यानहरुले आज पारसले अर्धशतक हान्ने आशा राखेका थिए । तर उनी ११ रनमा आउट भए । उनी अर्धशतक हान्ने खेलाडी हुन् ।
नयाँ व्याट्सम्यानका रुपमा राजेश पुलामी आएका छन् । उपकप्तान ज्ञानेन्द्र मल्ल क्रिजमा छन् । यो समाचार तयार पार्दासम्म नेपालले ९ ओभरमा ३ विकेट गुमाएर ३३ रन जोडेको छ ।
जारी खेलमा नेपालका ओपनरद्धय प्रदीप ऐरी र विनोद भण्डारी यसअगाडि नै आउट भइसकेका छन् ।















प्रतिक्रिया