२८ आश्विन २०८३, बुधबार

रसुवामा बाबुराम पक्षबाट प्रचण्ड पक्षधर कुटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maoist-flag

रसुवा । एकीकृत माओवादी रसुवाको चौथौं जिल्ला सम्मेलनमा कुटाकुट भएको छ ।

बाबुराम भट्टराई पक्षधर जिल्ला नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षलाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।

भट्टराई पक्षधर पूर्वसभासद प्रेम तामाङले सम्मेलनमा आफू निकटलाई जिल्ला सदस्य बनाउनुपर्ने भन्दै संस्थापन पक्षका २ जनालाई मरणासन्न हुनेगरी कुटपिट गरेको बताइएको छ । तामाङको निर्देशनमा निर्मल, बिक्रम, र भारुकु निरबु तामाङ लगायतको कुटाइबाट सोमबहादुर तामाङ र मालफुर्वा तामाङ गम्भिर घाइते भएका छन् । उनीहरु दुबै जना पत्रकार हुन् । सोमबहादुर पत्रकार महासंघ रसुवाका अध्यक्ष हुन भने मालफुर्वा सदस्य हुन् । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । सम्मेलनको उद्घाटन सकिएर नेतृत्व चयनका बिषयमा छलफल हुन लाग्दा कुटपिट भएको हो ।

तामाङले सम्मेलन भाँड्न भाडामा गुण्डाहरुलाई हतियार सहित गुण्डाहरु खटाएको संस्थापन पक्षको आरोप छ ।