काठमाडौं, २ साउन । टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपाल आज न्यूजर्सीसँग भिड्दैछ ।
खेल आयरल्याण्डको डब्लिनमा आज दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुँदैछ । समुह चरणका खेलमा लागातार तीन खेलमा पराजय भोगेको नेपालको विश्वयात्रा लगभग अन्त्य भइसकेको छ । तर पनि तालिकाअनुसार नेपालले प्रतियोगितामा पहिलो पटक भिड्न लागेको हो । छनोट चरणमा जर्सी पहिलोपटक सहभागिता जनाएको टिम हो ।
आईसीसी तालिका अनुसार जर्सी २ अंकका साथ छैठौं स्थानमा छ । प्रतियोगितामा चार खेल खेलेको जर्सी ३ वटा गुमाएको छ । एक मात्रै जित हात पारेको छ । रनरेटमा पनि जर्सी नेपालभन्दा तल छ । जर्सीको रनरेट (-०.०८५८) छ । जून नेपालभन्दा धेरै तल हो । यी सबै नतिजा हेर्दा जर्सी समुह चरण कै सबैभन्दा कमजोर टिम हो ।
नेपाललाई तुलना गरेर हेर्दा जर्सी कमजोर टिम नै हो । आजको खेलमा नेपालले जित्ने सम्भावना बढी छ । जर्सीसँग नेपाल नै बोलियो भएकाले आजको खेल नेपालको पक्षमा आउने सम्भावना बढी रहेको हो । तर नेपाल विश्वकपबाट बाहिरिसकेको अवस्थामा आजको खेल जित्नुले खासै महत्व राख्ने छैन् । यदि नेपालले आजको खेल जितेमा सान्तवना मात्रै हुनेछ ।
आइसीसी तालिका अनुसार पाँच खेल खेलेको नेपालले ३ खेल गुमाएर मात्र तीन अंक जोडेको छ । नेपालको रनरेट पनि ऋणात्मक छ । जसअनुसार नेपालको रनरेट (-१.५२९) रहेको छ । विश्वकप छनोटको हिजोको निर्णायक खेलमा नेपाल पपुवा न्युगिनीसँग ८ विकेटले पराजित भएको थियो ।















प्रतिक्रिया