संखुवासभा, २ साउन । चैनपुर बजारको एक घरमा नागरिक अगुवाहरु भएको भेलामा पाँचलाख भन्दा कममा हुँदैन भन्दै मोलमलाई हुँदै थियो ।
एक १२ वर्षीया बालिकामाथि बलात्कार भएको घटनालाई सामसुम पार्न पाँचलाखको कुरा चल्यो, एक घन्टा ‘बार्गेनिङ’ चलेपछि दुई लाख ७५ हजारमा कुरा मिल्यो । उनीहरुले एक लाख रुपैयाँ लेनदेन गरेर बाँकीको तमसुक बनाए ।
संखुवासभाकै शीतलपाटीमा एक वर्षअघि करिब ३० जनाको समूह भेला भएर औषधिउपचार गरिदिनुपर्छ भनेर कागज गर्दै थिए । छ वर्षीया बालिकाको बलात्कारपछि उनको योनी १।५ सेन्टिमिटर च्यातिएपछि औषधिउपचार गर्ने सर्तमा कागज गरियो । १२ वर्षीया बालिका बलात्कार भएपछि प्रहरीमा जाहेरी दिइन ।
प्रहरीले आरोपीलाई गिरफ्तार गर्यो । दुर्ई दिनपछि जाहेरी फिर्ता लिन लगाई चार लाख २५ हजारमा मिलापत्र भयो । सखुवासभा, तेह्रथुमजस्ता पूर्वी पहाडका जिल्लामा बलात्कारका घटना मोलमलाई भएर पैसामा मिल्ने गरेका कैयन उदाहरण छन् । अन्नपूर्ण पोष्टमा समाचार छ ।















प्रतिक्रिया