३० आश्विन २०८३, शुक्रबार

भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति गठन गर्न माओवादीको माग

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतले भिजिट भिसा प्रकरणलाई तत्काल छानबिन समिति बनाएर गम्भीर ढंगले अध्यन र छानबिन गर्न माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छानबिन समिति नबनेसम्म आन्दोलन जारी राख्ने अडान राखेको भन्दै यस विषयलाई गम्भीर रुपमा लिएर तत्काल छानबिन समिति गठन गर्न माग गरेका हुन् ।

उनले भने, ‘यसबारे गम्भीर ढंगले अध्ययन र छानबिन गर्न जरुरी छ । सबैले उठाउँदै आइरहेको विषय यही थियो । उहाँहरूले छानबिन समिति नबनेसम्म सदन अवरोध गर्ने कुरा जानकारी गराउनु भएको छ । सरकारले ३० दिनभित्र छानबिन समिति बनाउने उद्घोष गरिसकेको छ । हामीले त्यो कुरामा विश्वास पनि गरेको छौं । म सरकारसँग आग्रह गर्छु अब ३० दिनल गाउन जरुरी छैन, केही दिन तत्काल गठन गरेर सबै भावना केन्द्रीकृत गर्न सरकारलाई आग्रह गर्छु,’ ।

त्यस्तै उनले शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने सरकारले प्रतिबद्धता जनाएको स्मरण गर्दै कुनै बाहानामा सो जिम्मेवारीबाट सरकार पन्छिन नमिल्न बताए ।