४ कार्तिक २०८३, बुधबार

हिन्दूराज्य र धार्मिक स्वतन्त्रताका पक्षमा धेरै सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-CA-Nepalकाठमाडौं, २ साउन । नयाँ संविधानमा धार्मिक स्वतन्त्रताको सुनिश्चितता गर्न भन्दै अत्यधिक जनताले मत दिएका छन् ।

संविधानसभा सचिवालयमा वेबसाइट, इमेल, टोल फ्रि नम्बर, फ्याक्स र हुलाकबाट आएका ५ हजारभन्दा बढी सुझावमा धार्मिक स्वतन्त्रता हुनुपर्नेमा अत्यधिक मत रहेको पाइएको हो ।

यस्तै धर्म परिवर्तन गर्न नपाइनेर गराउनेलाई कारबाही व्यवस्था हुनुपर्ने, हिन्दु राष्ट्र कायम हुनुपर्ने, अन्यथा जनमतसंग्रहमा जाने व्यवस्था गर्नुपर्ने पनि अत्यधिक सुझाव आएको सचिवालयका कम्युटर अधिकृत प्रदीपकुमार नेपालले जानकारी दिएको समाचार राजधानी दैनिकले छापेको छ ।