
– टेकराज पौडेल
कपिलवस्तु, १ असार । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ खरखानी पार्कमा श्रीखण्ड वर, पिपल र शमीका १०८ जोडी बिरुवा रोपिएको छ ।
पौडेल वंश महासंघ लुम्बिनी प्रदेश समिति र कपिलवस्तु जिल्ला समितिको सम्योजनमा महासंघको सातौं स्थापना दिवसको अवसर बिरुवा रोपिएको हो । केही श्रीखन्डका बिरुवा र बाँकी १०० भन्दा बढी वर पिपल र शमीका विरूवा रोकिएका हुन् ।
महासंघका केन्द्रीय अध्यक्ष हरीराम पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य तथा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, बाणगङ्गा नगरपालिकाका प्रमुख चक्रमाणी अर्याल, उपप्रमुख रिता चौधरी, संघका केन्द्रीय सदस्य रामचन्द्र पौडेल, वडा अध्यक्ष विष्णु गिरी, बिष्णु पौडेल र कमल पौडेल लगायत सहभागी थिए ।
कार्यक्रमको अध्यक्षता प्रदेश अध्यक्ष टेकराज पौडेल, सन्चालन जिल्ला कमिटी कपिलवस्तुका सचिप नारायण पौडेल र स्वागत भाषण बाणगङ्गाका नगर अध्यक्ष तिलकराम पौडेलले गरेका थिए ।
स्थापना दिवसको अवसरमा बिरुवा रोप्नुको साथ साथै बाणगङ्गा वडा न ८ चप्परगाँउ निवासी दामोदार पौडेलकी छोरी बिना पौडेलको ब्रेन ह्यामरेज भएकोले अध्यक्ष पौडेलले विभिन्न ब्यक्तिबाट संकलन भएको २० हजार ६ सय रुपैँया हस्तान्तरण पनि गरे ।















प्रतिक्रिया