४ कार्तिक २०८३, बुधबार

राष्ट्रिय सम्पत्ति कब्जा गरेका स्वामी कमलनयनाचार्यले भने, ‘मेरो चरित्र हत्या भो’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamalnayaniकाठमाडौं, २ साउन । स्वामी कमलनयनाचार्यले नवरापरासीस्थित गजेन्द्रमोक्षधामको जग्गा तत्कालीन राजा वीरेन्द्र शाहले उपलब्ध गराएको दाबी गर्दै सञ्चार माध्यमले आफ्नो चरित्रहत्या गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आचार्यले आफूमाथि निकुञ्जको वन क्षेत्र अतिक्रमण गरेको आरोप लगाएर सञ्चार माध्यमले हिन्दू धर्ममाथि प्रहार गरेको दाबीसमेत गरेका छन् ।

‘म सन्यासी घर छोडेर हिंडेको मान्छे, मेरो नाममा कुनै जग्गा छैन, आश्रम नेपालीको सम्पत्ति हो, घर छोडेर हिंडेको मान्छेलाई नग्याउनुको कुनै अर्थ छैन ।’ आजको कान्तिपुर दैनिकले छापेको छ ।