२९ आश्विन २०८३, बिहिबार

मर्मत नहुँदा पुल जीर्ण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pakki-Pulदाङ, २८ जेठ । उचित संरक्षण र मर्मतको अभावमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर अमेलिया सडकखण्डको शीतलपुरस्थित बबई नदीको पक्की पुल जीर्ण बन्दै गएको छ ।

पुलमा गरिएको पुरानो कालोपत्र ठाउँठाउँमा खाल्डाखुल्डी परेर उक्किए पनि त्यसलाई मर्मत नगरेका कारण अहिले ठाउँ ठाउँमा ठूलाठूला खाल्डाखुल्डी परेको स्थानीयको भनाइ छ । पुलको रेलिङ पनि कमजोर हुँदै गएको स्थानीय होताराम रजौरेले जानकारी दिए ।

त्यस्तै पुलको जोडाइमा राखेका तामाका पाताहरु पनि चोरी भएका छन् भने वर्षातको समयमा ती जोडाइबाट पानी पस्ने गरेको छ ।

पुलको पूर्वतिरको भाग कमजोर हुँदै गएको भन्दै स्थानीयले कुनै पनि बेला दुर्घटना हुनसक्ने सम्भावना बढिरहेको जनाए । २०५५ मा निर्माण गरिएको पक्की पुल ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइको रहेको छ ।

पुल भएर दैनिक ५०० भन्दा बढी यातायातका साधन आवतजावत गर्दछन् ।