काठमाडौं, १ साउन । गगन थापा बिक्रिमा छन भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर गगन थापालाई साँच्चिकै दुई लाख रुपैयाँमा बिक्रिमा राखिएको छ ।
एक वेवसाइट निर्माण कम्पनीले गगन थापा नाम गरेको डोमेन बिक्रीमा राखेको छ । जसको मुल्य एक लाख, ९९ हजार, ९ सय ९९ रुपैयाँ तोकेको छ । (www.gaganthapa.com) नाम गरेको वेवमा ९८०११९९७६४ नम्बर राखेर बिक्रिमा लेखिएको छ । उक्त डोमेन वेवलिंक नेपालले रजिस्टर गरेको हो ।
एउटा नामको डोमेन एक जनाले रजिस्टर गरिसकेपछि अर्कोले गर्न मिल्दैन । निर्माण कम्पनी वेवलिंकका सिइओ सिताराम रिमालले आफुलाई गगन थापा हो भन्दै धेरै नम्बरबाट फोन आउने गरेको बताए । ‘कहिले नेपालको कुन ठाउँबाट, कहिले विदेशवाट फोन गरेर दाई जय नेपाल ! भन्छन्’, सितारामले भने, वेव किन्नको लागि गगनकै मान्छेहरुले पनि चार, पाँच पटक फोन गरिसके तर, फिक्स भएको छैन ।’ उक्त डोमेन जो सुकैले किन्न पाउने उनले बताए ।
नेपालमा रजिस्टर र सेलेको ट्रेण्ड नभए पनि नेपाल बाहिरका बिकसित मुलुकमा चर्चित मान्छेको डोमेन निर्माण गरी लाखौं, करोडौमा बेच्ने गरेको पाइन्छ ।
















प्रतिक्रिया