२२ कार्तिक २०८३, आइतबार

‘मैले संविधानको मस्यौदा बनाए, तर म आफै असन्तुष्ट छु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-rawal– टेकराज भण्डारी

अछाम, १ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अहिलेको संविधानको मस्यौदा फरक फरक राजनीतिक दृष्टिकोण भएका राजनीतिक दलबीचको सहमतिको दस्तावेज भएकोले एउटै दल र व्यक्तिले चाहेको जस्तो नभएको बताउनु भएको छ ।

निकै कठिन समयमा विभिन्न चुनौतीको सामना गर्दै संविधानको मस्यौदा तयार भएकोले यसमा स्वयं आफै पनि सन्तुष्ट नरहेको बताउनुभयो । देश जनताको अधिकतम हित हुने गरी मस्यौदा तयार गरिएको भन्दै यसमा जनताले आफ्नो सुझाव निर्धक्क राख्न सक्ने उहाँको भनाई छ । संविधानको मस्यौदामाथि नागरिकको सुझाव संकलनका लागि अछाम पुग्नुभएका नेता रावलले एमाले अछामले गरेको अन्तक्रिया कार्यक्रममा अहिलेको कठिन राजनीतिक गतिरोधलाई निकास दिनको लागि यो मस्यौदा आएको र संविधान गतिशिल भएकोले कुनै दलले आगामी दिनमा दुई तिहाइ बहुमत प्राप्त गरेमा संशोधन गर्न सकिने बताउनुभयो ।

संविधानको मस्यौदाकार समेत रहनुभएका रावलले नागरिकका सुझावको उचित सम्बोधन समेत गरिने दृढता व्यक्त गर्नुभयो । एमाले जिल्ला अध्यक्ष शेरबहादुर कुँवरको अध्यक्षतामा भएको पार्टी सचिवालय बैठक र कार्यकर्ताका वीच संविधानको मस्यौदामाथी भएको अन्तक्रिया कार्र्यक्रममा बोल्दै नेता रावलले अहिलेको राजनीतिक गतिरोधको अन्त्य गर्दै देशलाई छिटो विकासको बाटोमा अघि बढाउन दृढताका साथ एमाले लागिरहेको बताउनुभयो ।

अहिलेको संविधानको मस्यौदामा भएका धेरै कुरामा राजनीतिक सहमति भएको र कतिपय प्रावधानले देशलाई दीर्घकालिन प्रभाव पार्ने भएकोले यसका लागि सबै नागरिक सचेत हुनुपर्ने र अर्काको बहकाउमा लाग्न नहुने उहाँको भनाई छ । नागरिकताको विषय देशको स्वाधिनता र अस्तित्वसंग जोडिएको कुरा भएकोले यसमा ठूलो चलखेल भएकोले सचेत रहनुपर्ने अवश्यकता रहेको उहाँले बताउनुभयो ।

उहाँले मस्यौदाका विभिन्न धारामा रहेका प्रावधान र त्यसको महत्वका बारेमा जानकारी दिँदै जनताले शशक्त ढंगले सुझाव दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सभाषद भरत साउँदले जनताको सुझावको लागि आएको र जनताका सुझाव लिएर सबै जनताको अपनत्व भएको संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो । अछाम जिल्लाका दुई प्रत्यक्ष निर्वाचित सभाषद र समानुपातिक सभाषद जानकी साउँद आजै संविधानको मस्यौदामाथि जनताको राय संकलन गर्न अछाम पुग्नुभएको छ ।