काठमाडौं, १ साउन । आफ्नो पाँचौ खेलमा कमजोर व्याटिङ गरेको नेपालले बलिङमा दोस्रो सफलता हात पारेको छ ।
नेपालका लागि बसन्त रेग्मीले दोस्रो विकेटको रुपमा पपुवा न्युगिनीका उरालाई आउट पारेका छन् । उरा पपुवा न्युगिनीका महत्वपूर्ण (सबैभन्दा बढी रन हान्ने) व्याट्सम्यान थिए ।
२१ बल खेलेका उरा चार चौका र एक छक्कासहित २१ बलमा ३२ रन बनाएर आउट भएका हुन् । बसन्तले आफ्नो पहिलो बलमै उरालाई आउट गरेका हुन् ।
यसअघि सोमपाल कामीले पपुवा न्युगिनीका व्याटसम्यान लेगालाई मात्र १ रनमा आउट गरेका छन् । सोमपालले पनि पहिलो बलमै विकेट झारेका हुन् ।















प्रतिक्रिया