काठमाडौं, १ साउन । आइसीसी टी-टवान्टी छनोट प्रतियोगिता अन्तर्गत आफ्नो पाँचौ खेलमा नेपाल ९३ रनमा अलआउट भएको छ ।
आयरल्याण्डको डब्लिनमा भएको खेलमा नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर ९३ रन बनाएको हो । नेपालले पपुवा न्युगिनीसामू ९४ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।
डब्लिनमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले सुरुवाती प्रदर्शन राम्रो गरेको थियो । ओपनरद्धय प्रदीप ऐरी र सागर पुनले राम्रो सुरुवात गरेका थिए । तर, मध्यमतिरको नेपालको व्याटिङ खस्कियो ।
आजको खेलमा नेपालका लागि ओपनर प्रदीप ऐरीले सर्वाधिक २९ रन बनाए । त्यस्तै, सागर पुन १५ र शरद भेष्वाकरले ११ रन जोडे । अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उपकप्तान ज्ञानेन्द्र मल्ल २, कप्तान पारस खड्का ५, राजेश पुलामी ७, विनोद भण्डारी ४, सोमपाल कामी ४ र बसन्त रेग्मी १ रनमा आउट भए करणले खाता नै खोल्न सकेनन् । शक्ति गौचन ६ रनमा अविजित रहे ।















प्रतिक्रिया