२९ असार २०८३, सोमबार

आफताव आलमलाई सफाइ दिने न्यायाधीशहरु विरुद्ध उजुरी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री अफताम आलमलाई ज्यान मुद्दामा सफाई दिने न्यायाधीसविरूद्व उजुरी परेको छ ।

न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानविन गर्न माग गर्दै न्यायपरिषदमा उजुरी परेको हो ।

युवराज सफलद्वारा दायर उजुरीमा न्यायाधीसद्वयलाई निलम्बन गर्न माग गर्दै विगतमा गरेको फैसलामाथि पनि अध्ययन गर्नुपर्ने माग गरिएको छ ।

गत बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले रौतहत नरसंहारका मुख्य अभियुक्त आलमलाई जिल्ला अदालतको फैसला उल्टाउँदै सफाइ दिएको थियो ।