
काठमाडौं, १५ जेठ । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.६१ प्रतिशत हुने बताइएको छ ।
आज अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.६१ प्रतिशत हुने बताएका हुन्।
मधेश, कोशी र सुदूरपश्चिमबाहेक ४ प्रदेशको औसत आर्थिक वृद्धि बढी हुने उनले बताए । यसैगरी, कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान छ।















प्रतिक्रिया