काठमाडौं, १ साउन । न्यायपरिषदले जिल्ला र पुनरावेदननका गरी १ सय २२ न्यायाधीशको सरुवा गरेको छ ।
प्रधान न्यायाधीश कल्याण श्रेष्ठको अध्यक्षतामा परिषदको बिहीबार बसेको बैठकले विभिन्न जिल्लाका ८८ र पुनरवेदनका ३४ न्यायाधीशको सरुवा गरेको हो ।
आर्थिक वर्षको अन्तमा न्यायाधीशहरू सरुवा गर्ने प्रचलन रहेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
वर्षौंदेखि दर्जनौं न्यायाधीश दरबन्दी एकातिर र काजमा अर्कातिर काम गरिरहेका थिए ।
यसले गर्दा न्यायपालिका तदर्थ ढंगले चलिहेको भन्दै त्यसलाई स्थायित्व दिन सरुवाको काम थालेको श्रेष्ठले बताए ।
‘भर्खरै सरुवाको निर्णयमा सही गरेर आएको छु’ बिहीबार अपरान्ह ललितपुर बार एशोसियनले कार्यक्रममा न्यायाधीश र कानून व्यवसायीहरुका अघिल्तिर श्रेष्ठले भने,‘न्यायालयलाई यही ढंगले यथास्थितिमा राख्न सकिँदैनथ्यो, त्यसो हुनाले सरुवा गर्नु परेको हो ।’















प्रतिक्रिया