४ कार्तिक २०८३, बुधबार

भारतीय नेताहरूको ढोकामा यसरी घुम्दैछन् प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal-Dahal-&-KC-Tyagiकाठमाडौं, १ साउन । भारतको औपचारिक भ्रमणमा रहेका एकीकृत माओवादी अध्यक्ष प्रचण्डले एक महिनाभित्र नेपालमा नयाँ संविधान जारी हुने बताएका छन् ।

भारतीय नेताहरूसँगको भेटमा उनले सबै दल संविधान जारी गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।

भारतीय विपक्षी दलका नेता र वामपन्थी बुद्धिजीवीसँगको बेग्लाबेग्लै भेटवार्तामा प्रचण्डले जनताको सुझाब र असन्तुष्ट दलको माग सम्बोधन गरेर संविधान जारी हुने स्पष्ट पारेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

उनले संघीय प्रदेशको नामांकन र सीमांकन पनि चाँडै टुंगिने बताएका छन् ।

प्रचण्डले जारी संविधान निर्माण प्रक्रियामा नेपालका दलहरूलाई भारतका दलहरूको समर्थनको आफूले अपेक्षा गरेको पनि बताए ।

भारतीय नेताहरूले सकभर अधिकतम सहमति गरेर संविधान जारी गर्न र नवनिर्माणमा लाग्न सुझाब दिएका छन् ।

प्रचण्डले बिहीबार बिहान जनता दल युनाइटेडका अध्यक्ष शरद यादवको निवासमा विपक्षी कंग्रेसलगायतका नेतासँग सामूहिक ब्रेकफास्ट बैठक गरेका थिए ।

बैठकमा यादवसहित प्रमुख प्रतिपक्षी दल कंग्रेस नेता गुलाम नवी आजाद, कंग्रेसकै वरिष्ठ नेता मोतीलाल भोरा, राष्ट्रवादी कंग्रेसका नेता डिपी त्रिपाठी, माक्र्सवादी कंग्रेसका आनन्द मुल्लाह, बहुजन समाजवादी पार्टीका प्रवक्ता सुधिन्द्र भदोरिया, जनता दल युनाइटेडका प्रधान महासचिव तथा राज्यसभा सांसद केसी त्यागीलगायत सहभागी थिए ।

बैठकमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी थिए ।