३१ जेष्ठ २०८३, आइतबार

न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स र परराष्ट्रमन्त्री राणाबीच भेटवार्ता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । नेपाल भ्रमणमा रहेका न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाबीच बुधबार यहाँ द्विपक्षीय भेटवार्ता भएको छ ।

त्यस अवसरमा उनीहरूबीच प्रतिनिधिमण्डलस्तरमा दुई देशका आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । दुई पक्षले आगामी दिनमा आपसी सहयोगका विभिन्न विषयमा दिगो साझेदारीका लागि सहमति गरेका छन् ।

भेटपछि परराष्ट्रमन्त्री डा. राणाले ऐतिहासिक भेटवार्ता भएको र नेपाल–न्युजिल्यान्डबीच सम्बन्ध थप प्रगाढ बनाउनका लागि सहकार्य गर्न तत्पर रहेको उल्लेख गरिन् ।

न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स दुईदिने नेपालको औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका हुन् । उनको यो पहिलो नेपाल भ्रमण हो ।

उपप्रधानमन्त्री पिटर्सले बुधबारै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।