
काठमाडौं, ११ जेठ । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२/०८३ को प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत कार्यसूची रहेको छ । यसअघि सरकारले पेश गरेको नीति तथा कार्यक्रम शनिबार बसेको प्रदेश सभा बैठकले पास गरेको थियो ।












प्रतिक्रिया