२१ कार्तिक २०८३, शनिबार

नेकपा (एस)को ताप्लेजुङ अध्यक्षमा लिम्बू

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, १० जेठ । नेकपा (एकीकृत समाजवादी)को ११ औँ जिल्ला अधिवेशनले दुर्गा लिम्बूलाई सर्वसम्मतिमा अध्यक्ष चयन गरेको छ ।

जिल्ला उपाध्यक्षमा रामचन्द्र पोमु, महिला उपाध्यक्षमा देवीमाया नेपाली, सचिवमा मोहन न्यौपाने चुनिएका छन् ।

शुक्रबार सम्पन्न अधिवेशनले लिम्बूको नेतृत्वमा ४५ सदस्यीय जिल्ला समिति निर्विरोध गठन गरिएको हो ।

जिल्ला अधिवेशनको उद्घाटन पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले गरेका थिए । त्यस अवसरमा केन्द्रीय सचिव बलदेव चौधरी, निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल, कोशी प्रदेश कमिटी अध्यक्ष सरिता खड्का, विभिन्न पालिका र जिल्ला स्तरका पार्टीका कार्यकर्ता, अन्य दलका प्रतिनिधिको उपस्थिति थियो ।

सचिव न्यौपानेका अनुसार अधिवेशनमा जिल्लाका ६१ वटै वडाका २५० जना प्रतिनिधि सहभागी थिए ।