२२ कार्तिक २०८३, आइतबार

‘लिपुलेक सम्झौता खारेज हुनुपर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dev-Gurungभीमदत्तनगर, ३१ असार । नेकपा–माओवादीका सचिव देव गुरुङले भारत र चीनबीच भएको लिपुलेक सम्झौता खारेजीका लागि जनताको दबाब आवश्यक रहेको बताउनुभएको छ ।

पार्टीले आज दार्चुला सदरमुकाम खलङ्गामा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेता गुरुङले आफ्नो पार्टीले लिपुलेक सम्झौता खारेजका लागि सरकारलाई दबाब दिइरहेको बताउँदै दार्चुलावासीलाई पनि दबाब कार्यक्रममा सघाउन आग्रह गर्नुभयो ।

“सडकदेखि सरकारसम्म आन्दोलन गरेर भएप नि उक्त सम्झौता खारेज गर्नुपर्छ”, सचिव गुरुङले भन्नुभयो, “सरकारले पनि तत्काल कदम सच्याउन कदम चालोस् ।” रासस