३१ असार २०८३, बुधबार

भोजपुरको कोटमा प्रसूति भवन निर्माण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, ९ जेठ । टेम्केमैयुङ–६ को प्रयासमा २५ लाख रुपैयाँको लागतमा कोटमा प्रसूति भवन निर्माण भएको छ । भवन निर्माणसँगै सेवा प्रवाहको तयारी पनि प्रारम्भ भएको छ ।

वडाध्यक्ष सूर्यप्रसाद नेपालका अनुसार सङ्घीयता कार्यान्वयनसँगै साविकको एक वडालाई विभाजन गरेर दुई वडा बनाइएकाले आधारभूत संरचना नभएका स्थानमा स्वास्थ्य सेवा विस्तारका लागि भवन निर्माण गरिएको हो ।

भवन बनेपछि प्रसूति सेवा लिनका लागि घण्टौँ लगाएर स्टेचर तथा डोकोमा बोकेर जिल्ला अस्पताल लैजानु पर्ने बाध्यता अत्य हुने वडासदस्य प्रेमकुमारी श्रेष्ठले बताइन् ।