काठमाडौं, ३१ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै पाकिस्तानले सीमा गाउँहरुमा भीषण आक्रमण गरेको छ ।
भारतीय प्रधानमम्त्री नरेन्द्र मोदीको जम्मू-कश्मीर यात्रालाई लक्षित गरी पाकिस्तानी सेनाले विहीबार दिउँसो २ बजेदेखि बेलुका ५ बजेसम्म निरन्तर जम्मूको आरएसपुरामा भीषण फायरिंग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रधानमन्त्री मोदीको शुक्रबार जम्मू-कश्मीर यात्राको कार्यक्रम थियो । जम्मू जिल्लाका केही गाउँ र र पांच सीमा चौकिमा भीषण गोलीबारी भएको छ । जसमा चार जना घाइते भएका छन् ।
यद्यपी यो भन्दा पहिला बुधवार पनि पाकिस्तानले अखनूर सेक्टरमा दुई पटक गोलीबारी गरेको थियो जसमा एक महिलाको मृत्यु भएको थियो । र दुई भारतीय सेनाका जवानसहित ६ जना घाइते भएका थिए ।
पाकिस्तानको भीषण आक्रमणसँगै मोदीको जम्मू-कश्मीर यात्रा कार्यक्रम स्थगित भएको छ । जम्मू-कश्मीर क्षेत्र भारत पाकिस्तानको सीमा क्षेत्र हो । जहाँ भारत पाकिस्तानको दुश्मनीको फाइदा विद्रोही माओवादीले समेत उठाइरहेको छ ।















प्रतिक्रिया