२१ कार्तिक २०८३, शनिबार

उत्पादित वस्तुहरुमा हुने विषादी प्रयोगलाई न्युनिकरण गरौँ : मन्त्री अधिकारी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले उत्पादित वस्तुहरुमा हुने विषादी प्रयोगलाई न्युनिकरण गर्नुपर्ने बताएका छन् । जैविक कृषि जागरण यात्रा २०८२ मा बोल्दै उनले धेरै विषादी प्रयोगले भविष्य राम्रो नहुने बताएका हुन् ।

उनले भने, ‘हामी धेरै विषादी प्रयोग गर्छौँ । यो विषादी प्रयोगलाई न्युनिकरण गर्नुपर्छ । विस्तारै विस्तारै उत्पादन कम होला तर यो न्यूनिकरण गर्न जरुरी छ । हामीले यसलाई न्युनिकरण गर्न सकेनौँ भने भविष्य राम्रो छैन ।’ साथै, उनले प्राङ्गारिक मल तयार गुर्नपर्ने बताए । उनले विषादी नभएको मलका लागि केही न केही पैसा छुट्याउनु पर्ने र त्यसमा अगाडि जानुपर्छ भनेर मन्त्रालयमा दैनिक छलफल चलेको समेत बताए ।

उनले भने, ‘रसायनिक मलका सम्बन्धमा थुप्रै कुराहरु आएका छन् । हामीले प्राङ्गारिक मल तयार गरिसकेका छैनौँ । त्यसको तयारीमा लागौँ । तर त्यसले उत्पादन कति दिन्छ ? हामीले प्राङ्गारिक मल पनि राख्न सक्छौँ । त्यसमा थोरै थोरै युरिया पनि छर्न सक्छौँ । प्राङ्गारिक मललाई बढावा दिने, रसायनिक मललाई विस्तारै घटाउने । हामीले यो पटक प्राङगारीक मलका लागि, विषादी नभएको मलका लागि केही न केही पैसा छुट्याउनैपर्छ र त्यसमा अगाडि जानुपर्छ भनेर मन्त्रालयमा दैनिक छलफल चलेको छ ।’

यसैगरी, उपसभामुख इन्दिरा राना मगरले निर्यात गर्न नसके पनि आयातलाई घटाउनुपर्ने बताएकी छन् । उनले खाद्य वस्तु नेपालमा आयात हुन कम भएपछि मात्र देश समृद्धितिर लम्किँदै जाने बताइन् । उनले भनिन्, ‘हामीले निर्यात गर्न नसके पनि आयातलाई घटाउन सक्नुपर्छ । सबै अहिले खाद्ययान आयात नै छ । आयात जहिले हुन छोड्छ तब देश समृद्धितिर लम्किँदै जानेछ ।’