
काठमाडौं, ७ जेठ । उर्जामन्त्री दीपक खड्काले विद्युत प्राधिकरणको श्वेतपत्र यथार्थपरक रहेको बताएका छन् ।
बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले विद्युत प्राधिकरणको नाफा र घाटाको सन्दर्भमा अहिलेको श्वेतपत्र यथार्थपरक रहेको बताएका हुन् । उनले भने, ‘विद्युत प्राधिकरणको नाफा र घाटा के हो ? भन्ने सन्दर्भमा अहिलेको श्वेतपत्र यथार्थपरक छ अझै यसमाथि आयोजनाहरु तिर्नुपर्ने यकिन आइसकेको नभएर चाडै अडिट हुँदैछ । यो कुरा भन्नुपर्छ सरकारी निकायहरुले आफ्नो कार्य पारदर्शी हुनुपर्छ ।’ उनले महालेखा प्रतिवेदन र समितिको प्रतिवेदनमा तालमेल नमिलेको भन्दै उनले अन्तराष्ट्रिय रुपमा मान्य हुने गरी अडिट गरी निर्णय गरेको बताए ।
‘पूर्व एमडी गएपछि नयाँ एमडी आएपछि भएको हैन । पूर्व एमडी हुँदैमा उहाँले प्रस्ताव ल्याउँदा प्रश्न राखेर यसको अडिट गर्ने किनभने महालेखा एकथोक भन्ने र प्रतिवेदनले अर्काे भन्छ । यो तालमेल मिलेको छैन । त्यतिखेर महालेखा प्रतिवेदन बाहिर आएको थिएन तर हामीसँग आइसकेको थियो । महालेखा प्रतिवेदनले घाटा देखाइरहेको छ तपाईं नाफा देखाइरहनुभएको छ यो तालमेला मिलेन यसको अडिट गरेर निर्णय गरेका छौँ,’ उनले भने ।












प्रतिक्रिया