काठमाडौं । नेपाली चलचित्र उद्योगका चर्चित नायक जीवन लुइटेलले झापामा प्रहरी इन्स्पेक्टरलाई कुटेपछि तनाव सिर्जना भएको छ ।
फिल्ममा समेत निकै भावुक अभिनेताको परिचय बनाएका निकै सोझा र मिलनसार मिजासका अभिनेता जीवन लुइटेल र एक इन्सपेक्टरबीच हात हालाहाल भएको हो । झापाको वुधबारेमा उनीहरुबीच सार्वजनिक रुपमै झगडा परेपछि हेर्नेका लागि तमासा नै बनेको थियो ।
शुरुमा भनाभनबाट शुरु भएको झगडाले उग्र रुप लिदै जीवन र ती इन्सेपक्टरबीच मुक्का मुक्की नै चलेको थियो । उदय सुब्बाले निर्देशन गरिरहेको फिल्म रिफ्यूजीको एक दृश्यमा अभिनेता जीवन र इन्स्पेक्टर बनेका सहकलाकारबीच यो झगडा भएको हो ।
झगडा हुँदा स्थानीयहरु चकित परेका थिए । शरणार्थी जीवन जिउने यूवाहरुको कथामा आधारित यो फिल्म रिफ्यूजीमा जीवनको साथमा रिस्ता बस्नेत, विपना बस्नेत, निर शाह लगायतका कलाकारले समेत अभिनय गरेका छन् । निर्देशक सुब्बाले फिल्ममा राजनीतिक बिषय भने नउठाएको बताए ।
फिल्ममा अभिनेता लुइटेल शरणार्थीको नाइकेको रुपमा देखिएका छन् । शरणार्थी जीवन जिउँदा उकुसमुकुस भएपछि उब्जने विद्रोहको कथामा फिल्म निर्माण गरिएको छ । यो फिल्म अहिले पनि सुटिंगमै व्यस्त छ ।















प्रतिक्रिया