३० आश्विन २०८३, शुक्रबार

महिला कलाकारलाई पोर्न भिडियो पठाएर यौन सम्पर्क राख्न दबाब दिने अभिनेता पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sai-vitthal-55a74b2948bd3_exlst मुबई । चर्चित टेलिभिजन धारावाहिक ‘उड़ान’मा मुख्य भुमिका निभाउने अभिनेता साईं विठ्ठललाई मुम्बई पुलिसले गिरफ्तार गरेको छ । उनीमाथि साथी महिला कलाकारसँग जबरजस्ती अश्लील हर्कत गरेको आरोप छ ।

भारतको कलर्स टेलिभिजनमा प्रशारण हुने यो धारावाहिकका मुख्य अभिनेता साईं विठ्ठल (५२)माथि एक महिलालाई अश्लील भिडियो क्लिप पठाएर यौन सम्बन्ध राख्न दबाब दिएको आरोप छ । खबरका अनुसार विठ्ठलले आफ्नी साथी महिला कलाकारलाई सोशल मीडिया म्यासेञ्जर र व्हाट्सऐपबाट पोर्न भिडियो क्लिप र अश्लील सन्देश पठाउँथे ।

udaan-

महिलाले यस्तो हर्कत गरेपछि मुम्बईको बोरीवली पुलिसमा उजुरी दिईन् । त्यसपछि बोरीवली पुलिसले महिलाका आरोपीका अनुसन्धान गरि सबै सन्देश र पोर्न क्लिप्स बारे जानकारी पाएपछि अभिनेतालाई गिरफ्तार गरेको हो । उनलाई आजै अदालतमा उपस्थित गराउने तयारी भइरहको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अदालतबाट दोषी ठहरिएमा अभिनेतालाई कम्पतीमा पाँच वर्ष जेल सजायँ हुनसक्छ ।