१३ कार्तिक २०८३, शुक्रबार

मधेशका पूर्वअर्थमन्त्री, बागमती नगरपालिकाका निलम्बित मेयर र उपमेयरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, ४ जेठ । मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजयकुमार, सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा र निलम्बित उपमेयर लीलाकुमारी मोक्तानविरूद्व अर्को पनि भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

यस्तै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, मधेश प्रदेश अर्थ मन्त्रालयका तत्कालीन कानुन अधिकृत गोकुल भुजेलविरूद्व पनि मुद्दा दर्ता भएको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ८ जनाविरूद्व अर्को पनि मुद्दा दर्ता गरेको हो । ३० करोड गैरकानूनी अनुदान दिने र लिने काममा संलग्न रहेको अख्तियारको दावी छ ।

मेयर थापाविरूद्व यसअघि पनि भ्रष्टाचार र अकूत सम्पत्ति आर्जनको मुद्दा चलिरहेको छ । अख्तियारका अनुसार पूर्वमन्त्री यादवसँग २९ करोड ९९ लाख ८६ हजार १३५ बिगो दाबी गरिएको छ ।

मेयर/उपमेयरसँग ५६ करोड ७१ लाख ७ हजार २९२ बिगो मागदाबी गरिएको छ ।

तत्कालीन मन्त्री विजय कुमारले २०७८ असार ६ गते निर्णय गरी माछापोखरी (भरत ताल निर्माणको नाममा अनुदान उपलब्ध गराउन समझदारी पत्रमा आफैँले एकल रुपमा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत (राप्र तृतीय श्रेणी)सँग मर्यादालाई ख्याल नगरी हस्ताक्षर गरे गराएको तथा कानुन अधिकृतको रायबमोजिम भनी मन्त्रिपरिषद्मा पेस नगरी ३० करोड अनुदान दिने निर्णय गरेको देखिएकोले उनीसहित ८ जनाविरुद्ध आरोप पत्र दायर गरिएको हो।