२८ असार २०८३, आइतबार

रवि लामिछानेको मुद्दाको मिसिल झिकाउन पोखरा उच्च अदालतको आदेश

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ४ जेठ । पोखरा उच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूको सूर्यदर्शन सहकारी ठगी मुद्दाको मिसिल झिकाउन आदेश दिएको छ ।

मुख्यन्यायाधीश डा रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले लगातार तीन दिनको सुनुवाइपछि आज मिसिल झिकाउन आदेश गरेको हो ।

जिल्ला अदालत कास्कीले रविलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सरकारी वकिलले लामिछानेलाई थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दिएका छन् भने उक्त धरौटी बढी भएको भन्दै लामिछानेले पनि निवेदन दिएका छन्।

दुवै पक्षका निवेदनमाथि एकसाथ सुनुवाइ अगाडि बढेको छ।