११ असार २०८३, बिहिबार

वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र नेपाल भ्रमणमा रहेका भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङबीच भेटवार्ता भएको छ ।

नेपाल सरकारले शुक्रबारदेखि यहाँ आयोजना गरेको ‘सगरमाथा संवाद’का अवसरमा उनीहरुबीच आज भेटवार्ता भएको हो ।

भेटमा उनीहरुबीच नेपाल र भुटान दुवै हिमाली मुलुक भएको र जलवायु परिवर्तनबाट बढी प्रभावित हुनुपरेको परिस्थितिमा साझेदारी गरेरअघि बढ्ने विषयमा छलफल भएको थियो ।

त्यस अवसरमा मन्त्री शाहीले भुटानले ऊर्जा, प्राकृतिक स्रोत र वातावरण संरक्षणमा गरेको दिगो विकास प्रयास अनुकरणीय रहेको बताएको वन मन्त्रालयले जनाएको छ । उनीहरुबीच पर्वतीय कूटनीतिका माध्यमबाट यस क्षेत्रका साझा हित प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिने तथा अन्तर्राष्ट्रिय मञ्चमा वातावरण र जैविक विविधता संरक्षणका लागि दुई देशले समन्वय गर्ने बारेमा समेत छलफल भएको थियो ।