काठमाडौ । एकीकृत नेकपा माओवादीको नाम चलेका नेता नै राष्ट्रिय सम्मेलनका लागि केन्द्रीय प्रतिनिधिमा चयन हुन सकेनन् ।
काठमाडौँको दोस्रो जिल्ला सम्मेलनले राष्ट्रिय सम्मेलनका लागि ५८ केन्द्रीय प्रतिनिधि र ५७ जिल्ला सदस्य निर्वाचित गरेको छ । केन्द्रीय प्रतिनिधिमा लीलामणि पोखरेल, देवेन्द्र पौडेल, हिसिला यमी, शालिकराम जमकट्टेल, हिमाल शर्मा, रमेश मल्ल, बलावती शर्मा, अञ्जना विसङखे, शशी श्रेष्ठ, जगत सिंखडा, गणेश रेग्मी, लक्की शेर्पा, रेणु दाहाल, मुक्ति प्रधान, प्रकाश जीएम, गोविन्दबहादुर बटालालगायत निर्वाचित भएका छन् ।
राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य (केन्द्रीय सदस्य) हरू शशी शेरचन, सविना अर्याल, गंगा बेलवासे, खिमलाल देवकोटा र सरिता महर्जन भने जिल्ला समिति र राष्ट्रिय प्रतिनिधि दुवैमा छानिनु भएन ।
यस्तै एमाओवादीको केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष नन्दकुमार प्रसाईं, सल्लाहकारहरू डा डिल्लीराज खनाल, दीपेन्द्रबहादुर क्षेत्री, जेबी टुहुरे, हरिगोविन्द लुईंटेल, रामनाथ मैनाली, कृष्ण आचार्यलगायत पनि केन्द्रीय प्रतिनिधिमा चयन हुन सक्नुभएन ।
सम्मेलनले जिल्ला सदस्य र राष्ट्रिय प्रतिनिधि मात्रै चयन गरेको र जिल्ला समितिको कुनै पनि पदाधिकारी भने चयन नगरेको एमाओवादी काठमाडौँले जनाएको छ ।
एमाओवादी नेता सर्वोत्तम डंगोलका अनुसार हाल निर्वाचित भएको समितिले जिल्ला पदाधिकारी र मनोनित गर्ने सदस्यहरूको निक्र्यौल गर्नेछ ।












प्रतिक्रिया