२४ असार २०८३, बुधबार

मर्निङवाकमा निस्किएका २ महिलाको कारको ठक्करबाट मृत्यु

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, २ जेठ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ । कारको ठक्करबाट स्थानीय ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

आज बिहान पत्थरकोट–गोरुसिङ्गे सडकखण्डमा पत्थरकोटबाट गोरुसिङ्गेतर्फ गइरहेको बा ए बी ९५९९ नम्बरको कारले वसन्तपुरमा उनीहरूलाई ठक्कर दिएको थियो ।

बाटो काटिरहेका उनीहरूलाई कारले ठक्कर दिएको प्रहरीले जनाएको छ । कारको ठक्करबाट गम्भीर घाइते उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार चालक रुपन्देहीको सैनामैना नगरपालिका–५ का ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।