४ कार्तिक २०८३, बुधबार

पहिरो जाँदा हेटौँडा कुलेखानी सडक अवरुद्ध

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hetauda-Kulekhani-Sadakहेटौँडा, ३१ असार । आज राति परेको वर्षाले हेटौँडा कुलेखानी सडकखण्डको सिस्नेरी गाविस–३ भालुटारस्थित राजमार्गमा पहिरो जाँदा हेटौँडा कुलेखानी सडक अवरुद्ध भएको छ ।

हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने यातायातका साधनहरु आज बिहानै त्रिभुवन राजपथबाट सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आज मौसम अनुकूल भएमा दिउँसोबाट उक्त पहिरो हटाई काठमाडौँ–हेटौँडा र हेटौँडा–काठमाडौँ यातयात सेवा सञ्चालन गर्ने तयारी भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले बताउनुभयो ।

हेटौँडा कुलेखानी सडकअन्तर्गत दैनिक ७५० वटा सुमोजिप यातायात सञ्चालन हुँदै आएको छ ।