२४ असार २०८३, बुधबार

नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्स्पेक्टर र जवान दुवैजनालाई जिम्मेवारीबाट हटाइयो

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । काठमाडौँको नागढुंगा ट्राफिक इन्स्पेक्टरले प्रहरी जवानलाई कुटेको भिडिओ सार्वजनिक भएपछि अनुसन्धान सुरू भएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन सुरू गर्दै कुट्ने इन्स्पेक्टर र कुटाइखाने खाने जवान दुवै जनालाई जिम्मेवारीबाट हटाएको हो । यो घटना कहिलेको हो भन्नेबारेमा भने खुलेको छैन ।

कार्यालयले घटनामा संलग्न देखिएका इन्सपेक्टर र कुटाइ खाने प्रहरी जवान दुवैलाई सोधपुछका लागि बोलाएको छ।