३२ असार २०८३, बिहिबार

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन : गृहमन्त्री

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३० बैशाख । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक अवस्थालयमा आएको बताएका छन् ।

विराटनगर विमानस्थलमा संचारकर्मीसंगको कुराकानीमा उनले दश महिनाअघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा उल्लेखनीय सुधार आएको बताएका हुन् ।

गृहमन्त्री लेखकले संचारकर्मीसंग भने ‘दश महिना पहिलाको आर्थिक अवस्था र अहिलेको आर्थिक अवस्थामा धेरै फरक देख्नुहुन्छ । मुलुकको अर्थतन्त्रलयमा आएको छ । विदेशी मुद्राको संचिति बढेको छ । दोस्रो कुरा आर्थिक सूचकांक सकारात्मक बनेका छन् । यो राष्ट्र बैंकको तथ्यांक हो मैंले भनेको होइन । अर्को कुरा कानुन दशमहिना पहिले कति विद्येयक दर्ता भएर र कतिमा काम भयो र अहिले कति दर्ता भएर कति कानून बने भनेर हेर्दा पनि प्रष्ट हुन्छ ।’

उनले दश महिनामा गठबन्धन सरकार बनेपछि मुलुकले राजनीतिक स्थिरता पाएको उल्लेख गर्दै अहिले प्रधानन्त्रीले सदनमा विश्वसको मत लिन जानु नपरेको बताए ।

नीतिगत भ्रष्टाचार रोक्नका लागि आएको अख्तियार विधेयक मिलेमतोमा अडकिएको छ नि ? भन्ने पत्रकारको जिज्ञासामा गृहमन्त्री लेखकले भने,‘त्यसमा छलफल भइरहेको छ । संसदमा भएका सबै विधेयकलाई छलफलबाट टुंगोमा पु¥याउछौँ । भ्रष्टचारलाई निर्मूल पार्ने बिषयमा अघि बढेका छौं । अवान्छित गैरकानूनी गतिविधिलाई निष्पक्ष स्वतन्त्र र पारदर्शी ढंगले त्यसलाई कारवाही गर्ने प्रक्रियामा सरकार अघि बढेको छ ।’

‘फोटो खिचेको भरमा, टेलिफोन गरेको भरमा र कसैसंग भेटेको भरमा समाचार बन्न सक्ला तर यो सरकार पूरा अवधिटिक्छ । फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन । यो गठनबन्धन कांग्रेस एमालेकोबीचको सहमति अनुसार पूरा अवधि सरकार टिक्छ,’उनले भने ।

‘यो दश महिनामा सुशासन, कानुन निर्माण, नीतिगत र आर्थिक सुधारमा पर्याप्त काम भएका छन् । उद्योगधन्दा संचालनमा सहज होस् भनेर नयाँ कानून आएका छन् । भूमि सुधारका लागि कानून र आयोगहरु बनेका छन् । निरास हुनु पर्ने अवस्था छैन । अपेक्षा गरेजति काम हुन सकेनन् होला तर निरासा हुनुपर्ने अवस्था छैन । सरकारले आशा जगाउने गरि काम गरेको छ,’उनले भने ।