१ कार्तिक २०८३, आइतबार

प्रचण्ड घरमा होइन रिसोर्टमा लडेका खुलासा !

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर सामान्य घाइते भएका छन् ।

गएराति उनी लडेर सामान्य घाइते भएका हुन् । यसैबीच उनी घरकै बाथरूममा लडेको बताइएको भएपनि उनी रिसोर्टमा लडेको खुलासा भएको छ ।

उनी ललितपुर लाँकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा लडेका हुन् । उनी आफ्ना आफन्तसहित गएराति रिसोर्टमा बास बस्न पुगेका थिए । त्यही बेला उनी लडेका हुन् ।

टेरेस रिसोर्ट महँगोमध्येको एक रिसोर्ट पर्दछ । जहाँ सामान्य कोठाको मूल्य ३१ हजार ७ सय २५ रूपैयाँ पर्दछ ।