३० आश्विन २०८३, शुक्रबार

नेपाली टिमबाट विनोद भण्डारी आउट, को-को छन् टिममा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-cricketकाठमाडौं, ३० असार । निरन्तर तीन खेलमा खराब प्रदर्शन गर्दै आएका विनोद भण्डारीलाई आजको खेलमा समावेश गराइएको छैन् ।

क्रिजमा टिक्न पनि नसक्ने र बलिङमा पनि राम्रो प्रदर्शन नगरेकाले प्रशिक्षक पुबुदु दसानायकेले विनोदलाई हटाएर जितेन्द्र मुखियालाई टिममा समावेश गराएका छन् ।

नेपालका तर्फबाट टिममा सागर पुन, ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेष्वाकर, राजेश पुलामी, प्रदीप ऐरी, बसन्त रेग्मी, सोमपाल कामी, शक्ति गौचन सुवास खकुरेल र जितेन्द्र मुखिया रहेका छन् ।

आजको खेलमा अनिल मण्डललाई पनि समावेश गरिएको छैन् । अनिलको ठाउँमा सुवास आएका हुन् । नेपाल हङकङबीचको खेल सुरु भएको छ ।