१४ असार २०८३, आइतबार

विनोद चौधरीले भेटे बिल गेट्स, स्वास्थ्य र रोजगारी क्षेत्रका विषयमा छलफल

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ बैशाख । नेपालका धनाढ्य एवम् सांसद विनोद चौधरीले विश्वका धनाढ्य एवम् माइक्रोसफ्टका सह(संस्थापक बिल गेट्ससँग भेटवार्ता गरेका छन्।

चौधरीले सिङ्गापुरमा आयोजित फिलान्थ्रपी एशिया एलायन्स-२०२५ (पिएए-२०२५) को अवसरमा गेट्ससँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा नेपालको स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका प्रमुख चुनौतीहरूबारे छलफल भएको बताइएको छ ।

चौधरीले सन् २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड–१९ महामारीसम्म र बालपोषणको क्षेत्रमा “बलीयो नेपाल” अभियानमार्फत गरिएको साझेदारीका लागि गेट्स फाउन्डेसनप्रति आभार प्रकट गरे।

उनले नेपालको सामाजिक क्षेत्रमा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको दशकौँदेखिको सहकार्यलाई थप विस्तार गर्ने बिषयमा छलफल भएको जानकारी दिए।

छलफलमा गेट्स फाउन्डेसनले विश्वका अन्य मुलुकहरूमा सफलतापूर्वक सञ्चालन गरेका स्वास्थ्य र रोजगारी सम्बन्धी कार्यक्रमहरू नेपालमा पनि संचालन गर्न र त्यसलाई सन्दर्भअनुसार विस्तार गर्ने बिषयमा समेत छलफल भएको थियो ।