१ कार्तिक २०८३, शनिबार

पाकिस्तानमा बुधबार एकैदिन दुई ठूला भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pakistanकाठमाडौं, ३० असार । पाकिस्तानमा बुधबार एकैदिन दुई ठूला भूकम्प गएका छन् ।

अमेरिकी भौगर्भिक संस्थाका अनुसार पाकिस्तानको खुजदार प्रान्तलाई केन्द्रविन्दु बनाएर भूकम्पको ठूलो धक्का महसुस गरिएको हो । पाकिस्तानको स्थानीय समय अनुसार बुधबार बेलुका पाँच बजेर २६ मिनेटमा भूकम्पको पहिलो धक्का महसुस भएको थियो

त्यसको १ मिनेटमै अर्काे ठूलो धक्का महसुस गरिएको थियो । पाकिस्तानमा गएको भूकम्पको धक्का ५ दशमलब ६ रेक्टर स्केलको हो । पहिलो धक्का ५ दशमलब ५ रेक्टर स्केलमा महसुस भएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार लगातारको भूकम्पको ठूलो धक्काले लाखौंको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।