धनगढी, ३० असार । सञ्चार प्रतिष्ठान नेपालले आप्रवासन विषयमा उत्कृष्ट लेखनकार्य गरेको भन्दै धनगढीका ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ । आप्रवासन विषयमा कलम चलाउने कैलालीका ६ पत्रकार पुरस्कृत
प्रष्ठिानले बुधबार धनगढीमा पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गरी जनही चार हजार रुपैयाँका दरले सम्मानपत्र सहित खादा ओढाएर पुरस्कृत गरेको हो । पुरस्कृत हुने पत्रकारहरु राजधानी दैनिकका सम्वाददाता दिपक ओली, माउन्टेन टेलिभिजनका सम्वाददाता श्रवण देउवा, एविसि टेलिभिजनका सम्वाददाता मुकेश टेंर्रा, राष्ट्रिय सन्दर्भका सम्वाददाता खेमा बस्नेत, पहुरा दैनिकका सम्पादक प्रेम चौधरी र राष्ट्रिय समाचार समितिका सम्वाददाता मीन ठकुरीलाई प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले प्रमाण पत्र हस्तान्तरण गरेका थिए भने स्थानीय विकास अधिकारी कृष्णप्रसाद लम्सालले खादा ओढाएका थिए ।
सो अवसरमा पुरस्कृत हुने पत्रकारहरुलाई बधाई दिंदै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बैदेशिक रोजगारको विकल्प नरहेकाले यसलाई व्यवस्थित गर्नुपर्ने बताए । समाचारमा बैदेशिक रोजगारको नकारात्मक पक्ष मात्रै लेखेर नपुग्ने बताउँदै उनले सकारात्मक पक्ष मात्रै लेख्दा पनि बैदेशिक रोजगारमा जान चाहनेलाई सहि सूचना नमिल्न सक्ने भएकाले दुबै पक्षलाई तुलनात्मक रुपमा लेख्न आग्रह गरे ।
प्रतिष्ठानका अध्यक्ष प्रकाश विक्रम शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा क्षेत्रीय संयोजक कर्ण शाह, जिल्ला अध्यक्ष भरत शाह, सृजनशील समाजको सृजनाका अध्यक्ष दिनेश भण्डारी, फाया नेपालका पूर्व अध्यक्ष धनपति ढुंगेल, सुरक्षित आप्रबासन परियोजनाका जिल्ला संयोजक पञ्चराम चौधरी, प्रतिष्ठानका सचिव गीता सोडारीले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सामी÷हेल्भेटासको सहयोगमा सुरक्षित आप्रवासन परियोजना सञ्चालन गरिरहेको प्रतिष्ठानका अध्यक्ष शाहले आगामी वर्ष पनि पुरस्कार दिने कार्यक्रम रहेको बताए ।















प्रतिक्रिया