३० आश्विन २०८३, शुक्रबार

हङकङसँग नेपालको आजको खेल निर्णायक, जिते विश्वकप हारे घर फर्किनुपर्ने बाध्यता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-cricket-team

काठमाडौं, ३० असार । टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

आयरल्याण्डको घरेलु मैदान बेलफास्टमा नेपाली समयअनुसार आज बेलुका सात बजे सुरु हुने खेलमा नेपाल हङकङविरुद्ध मैदानमा उत्रिने छ । आयरल्याण्डसँग कमजोर प्रदर्शन गरेको नेपालले आजको खेल जित्नुको विकल्प छैन् ।

टी-२० विश्वकपमा छनोट हुने लक्ष्यलाई जिवित राख्न नेपालले आज जित्नैपर्छ । यदि हार भयो भने प्रतियोगिताबाटै बाहिरिन सक्छ । समूह ‘ए’को चौथो स्थानमा रहेको नेपालले छैठौं स्थानमा रहेको हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा जर्सीसँग ९ विकेटले पराजित भएको हङकङले दोस्रो खेल वर्षाका कारण पपुवा न्यूगिनीसँग अंक बाँडेको थियो । हङकङले दुई खेल मात्रै खेलेको छ भने नेपालले तीन खेल खेलेको छ ।

nepal-vs-hongkongआजको खेल यदि हङकङले जित्यो समुह तालिकाको चौथो स्थानमा आउने छ । भने नेपाल पछाडि धकेलिने छ । तसर्थ विश्वकप छनोटको सम्भावनालाई कायम राख्न नेपालले आजको खेल जित्नैपर्ने बाध्यता छ ।

यसअघि नेपालले अमेरिकालाई ६ विकेट पराजित गरी विश्वकप छनोटमा सुखद सुरुवात गरेको थियो । तर पछिल्ला खेलहरुमा नेपालको प्रदर्शन कमजोर रहँदै आएको छ । वर्षाले नामिबियासँग अंक बाँडेर आयरल्याण्डसँग ८ विकेटले पराजित हुँदा नेपालसँग अहिले तीन अंक छ । भने, दुई खेल खेलेको हङकङसँग १ अंक छ ।

आजको खेलमा नेपालले व्याटिङ र बलिङमा पुनरागमन गर्नुको विकल्प छैन् । यसअघि श्रीलंकामा भएको पछिल्लो खेलमा हङकङले नेपाललाई २ विकेटले पराजित गरेको थियो ।