काठमाडौं, २७ जेठ । उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकाद्धारा दिइएको सेवाप्रति सेवाग्राहीको अत्याधिक गुनासो रहेको भन्दै असन्तुष्टि जनाएका छन् ।
काठमाडौं महानगरपालिकको कार्यालयको आज निरीक्षण भ्रमण गरेका मन्त्री सिंहले महानगरका कर्मचारीहरुको कार्यशैली सन्तोषजनक नरहेको बताए । उनले कर्मचारीको व्यवहार र सेवा दिने कार्यशैलीमा तुरुन्त परिवर्तन गर्न निर्देशन दिए ।
‘महानगरपालिकाको सेवाबाट स्रवाग्राही कोही पनि सन्तुष्ट छैनन्,’ उनले निर्देशन दिँदै भने, ‘पहिला कर्मचारीले आफ्नो आचरण र सेवा दिने कार्यशैलीमा तुरुन्त सुधार गर्नुस् ।’ आउँदा दिनमा महानगरपालिकाका कमर्चारीहरुको कार्यशैलीमा सुधार नभए त्यसको जस लिन तयार रहनु पर्ने उनको चेतावनी छ ।
महानगरपालिकाको सेवा र कार्यशैलीप्रति अत्याधिक गुनासो बढेपछि स्थानीय विकास मन्त्री सिंहले कार्यालयको निरीक्षण भ्रमण गरेका हुन् ।
उनले महानगरपालिकामा फोहर संकलनमा समेत कर्मचारीले बेवास्ता गर्ने गरेको बताए । ‘तपाईहरुले फोहर संकलनको उचित समय बनाउनुस्,’ उनले भने, ‘जतिखेर मन लाग्यो त्यति बेला फोहर संकलनको कार्य उचित छैन ।’
नक्सापास, अव्यवस्थित शहरीकरण, सडकको सफाइ, पौराणिक स्थलको संरक्षणलगायतमा ध्यान दिन पनि मन्त्री सिंहले निर्देशन दिए ।
मन्त्रीको निर्देशन पछि महानगरपालिकाका कार्यकारी निर्देशक धनबहादुर श्रेष्ठले सेवाग्राहीलाई ध्यानमा राखेर काम गर्ने बताए ।














प्रतिक्रिया