३० आश्विन २०८३, शुक्रबार

नयाँ बजेटः टेलिफोन र इन्टरनेट महंगो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Telecom

काठमाडौं, ३० असार । सरकारले टेलिफोन र इन्टरनेटको मूल्य बढाएको छ ।

अगामी आर्थिक वर्ष २०७२/०७३का लागि सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमा टेलिफोन र इन्टरनेटको मूल्य बढाउने कुरा उल्लेख गरिएको छ । सरकारले मूल्य बढाउँदा अब मोबाइलमा सय रुपैयाँ रिचार्ज गर्दा एक रुपैयाँ कम ब्यालेन्स आउने छ । भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदाको पुनर्निर्माणमा खर्च गर्ने व्यवस्थासहित सरकारले बजेटमा त्यो एक रुपैयाँ लिने भएको हो ।

यसले उपभोक्ता मारमा परेका छन् । सम्पदा पुनर्निर्माणका लागि खडा गरिएको सम्पदा कोषमा रकम जम्मा गर्न सरकारले बजेटमार्फत दूरसञ्चार सेवा दस्तुरमा एक प्रतिशत कर लगाउने निर्णय गरेपछि टेलिफोन कल महँगो भएको हो । दूरसेवा सञ्चार दस्तुरबाट संकलन हुने रकम सीधै सम्पदा कोषमा जम्मा हुने आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माले बताए ।

ल्यान्डलाइन फोनको शुल्कमा पनि एक प्रतिशत वृद्धि हुनेछ । दूरसञ्चार क्षेत्रमा २७ प्रतिशत कर लाग्दै आएकोमा अब बढेर २८ प्रतिशत पुगेको छ । अर्थ मन्त्रालयका अनुसार यस्तो शुल्कबाट वार्षिक ६० करोड रुपैयाँं कोषमा जम्मा हुने अनुमान छ । टेलिफोनसँगै एडिएल इन्टरनेटको मूल्यमा पनि एक प्रतिशतले वृद्धि भएको छ ।