काठमाडौं, ३० असार । मित्रराष्ट्रको प्रधानमन्त्रीको निम्तोमा कुनै पनि पार्टी अध्यक्षको भ्रमणले त्यो राष्ट्रसँग पार्टीको सम्बन्ध विस्तारमा पक्कै पनि सहयोग पुराउछ ।
यो उक्त पार्टी र त्यसमा नेता कार्यकर्ताको लागि खुशीकै कुरा हुन्छ ।
तर, एमाओवादीमा यस्ता पनि छन् जो आफ्नो पार्टी अध्यक्षको विदेश भ्रमणबाट असाध्यै चिन्तित छन् । ती हुन् पार्टीमा प्रचण्डपछि दोस्रो नेता बाबुराम भट्टराई ।
एमाओवादी अध्यक्ष पुष्पकमल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंगलबार भारत भ्रमण प्रस्थान गरेका छन् ।
प्रचण्डको भारत भ्रमणले भट्टराई बढी नै चिन्तित भएका छन् ।
भारतसँग प्रचण्डको पनि सम्बन्ध कतै बलियो हुने हो की भन्ने चिन्ताले उनलाई सताएको समाचार बुधबार साप्ताहिकले छापेको छ ।
नेपाली राजनीतिमा सबैलाई थाहा भएको कुरा हो की भारत भ्रमणमा जाँदा भट्टराईले चेलीले माइती जाँदा जस्तै खुशीको अनुभूति गर्छन् ।
भारतको सच्चा प्रतिनिधि आफू हुँ भन्ने देखाउन पाँउदा सबैभन्दा गर्वको अनुभूति गर्छन् ।
भारतको विश्वासपात्र आफू मात्र बनौं भन्ने उनको लोभकै कारण पार्टी भित्रैबाट उनलाई भारतपरस्तको पमा चित्रण गरिन्छ ।















प्रतिक्रिया